2026 April 27/ 04:43: 40pm

    बनेपा, काभ्रे/२०६३ सालमा हाल बनेपा नगरपालिका वडा नम्वर ५ घर भएका गोविन्दप्रसाद दाहालले किता नम्वर ३७७ को नाप नक्सा गरेर लिएको जग्गा १–१५–२–१ दाम, २०६४ सालमा कित्ता नम्वर ५०१ को ८ आना र २०६५ सालमा कित्ता नम्वर ५१६ को ५ आना गरी कुल १३ आना विक्री गरेका थिए । कित्ता नम्वर ५१७ मा रहेको १–२–२–१ जग्गा दाहालकै नाममा कायम थियो । 
    कित्ता नम्वर ५१७ मा घर निर्माण गरेका दाहालले २०७३ सालमा साविक रविओपी गाविस वडा नम्वर ९ बाट सिफारिस लिएका थिए । २०७४ सालमा हालको बनेपा नगरपालिका वडा नम्वर ५ बाट निर्माण सम्पन्न लिएको प्रमाणपत्र छ । २०६४ सालमा नारायणप्रसाद दाहाललाई बिक्री गरिएको कित्ता नम्वर ५०१ को जग्गा  २०६५ सालमा नारायणप्रसाद दाहालले नाप नक्सा गरी बोधप्रसाद चौलागाईलाई बिक्री गरे । २०७८ सालमा बोधप्रसाद चौलागाईले नापी कार्यालय धुलिखेलबाट डोर नापी लगेर हाल कायम रहेको भनिएको ५०१ को कित्ता नम्वरमा ८ आना जग्गा हुनु पर्नेमा ५ आना मात्र देखिएको छ । कित्ता नम्वर ५१६ ले ३ आना मिचेको र कित्ता नम्वर ५१६ को ३ आना ५१७ ले मिचेको भन्दै कित्ता नम्वर ५१७ को घर अगाडी किल्ला गाड्न खोजे पछि मात्रै जग्गाको विवाद र भुमाफियाहरुले एउटै कित्ता पटक पटक विक्री गरिसकेको थाहा पाए । 
    आफ्नै घर र जग्गामा किल्ला गाड्न खोजे पछि जग्गाधनी गोविन्दप्रसाद दाहाल, जिल्ला स्थित नापी कार्यालय र ५०१ जग्गा धनी बिच विवाद हुन गयो । बिवाद भएकै भोलिपल्ट नै कित्ता नम्वर ५१७ जग्गा धनी गोविन्दप्रसाद दाहालका जेठो छोरा बिदुर दाहाल नापी कार्यालय पुगे । उक्त कित्तामा रहेको जग्गा १–२–२–१ दाम हुनु पर्नेमा १४ आना मात्र भएको जवाफ नापी कार्यालयले दियो । नापी कार्यालयका तत्कालिन अमिन नविन खत्रीले गोविन्दप्रसाद दाहालले विक्री गरेको ५०१ र ५१६ मा बढि काटिएको कारण त्यस्तो भएको जवाफ दिए । जग्गाधनी गोविन्दप्रसाद दाहालको छोरा बिदुर दाहालले अर्काको जग्गा जथाभावी काट्न मिल्छ भन्ने प्रश्नमा खत्रीले निबेदन दिनु सच्याई दिन्छु भन्ने जवाफ दिएका थिए । 
    दाहाल परिवारको तर्फबाट क्षेत्रफल मिलान गर्न अनुरोध गरिएको निवेदन नापी कार्यालयमा दर्ता गरिएको थियो । नापी कार्यालयका अमिन नबिन खत्रीले क्षेत्रफल सच्याउन मानेनन । ‘जसले जग्गाधनीलाई जानकारी नै नदिई जग्गाको कित्ताकाट गरेर एक ब्यक्तिको जग्गा अर्काे ब्यक्तिको नाममा पु¥याई दिनु भयो । अनि उहाँले नै निवेदन दिनु सच्चाई दिन्छु भन्नु भयो पछि उहाँले नै निवेदन लिन मान्नु भएन’–गोविन्दप्रसाद दाहालका छोरा विदुर दाहालले भने–‘कहिले फाईल घरमै छुटेछ भन्ने जवाफ दिए, कहिले कार्यालय भए पनि फोन गर्दा आफु बाहिर रहेको र लामो छुट्टीमा बसेको बताए । कहिले कित्ता नम्वर ५१६ मा घर बनिसकेकोले क्षेत्रफल सच्च्याउन नमिल्ने जवाफ दिए ।’ नविन खत्रीले दिएको दुख र हैरानीका बारेमा कार्यालय प्रमुखसँग उजुरी गरे पछि निबेदन दिएको एक वर्ष पछि मात्रै उक्त क्षेत्रफल सच्याईयो । घटेको जग्गाको क्षेत्रफल १४ आनाबाट १७ आना पुग्यो तर अझै डेढ आना जग्गा पुगेन । डेढ आना जग्गा खोजि दिन माग गर्दा नसकिने भन्दै नापी कार्यालयका कर्मचारीहरु फन्छँदै आए ।
    २०७९ सालमा नक्सा सच्याई सकेर नाप नक्सा गर्ने र डेढ आना जग्गा कहाँ छ खोज्ने योजनामा रहेका जग्गा धनी गोबिन्दप्रसाद दाहाल र उनका छोरा बिदुर दाहाल आफै दंग खाए । त्यति बेला उनिहरुले खाईपाई आएको कित्ता नम्वर ५०१ को जग्गा बोधप्रसाद चौलागाईले कित्ता नम्वर ५१६ र ५१७ का जग्गाधनीहरुले मिचेको भन्दै मुद्दा दर्ता गरे । बिभिन्न समयमा अदालतबाट डोर नापि भयो । डोर नापीले एकातिरबाट मात्रै जग्गा नापेर, जग्गाको प्वाईन्ट नबताउँदै जग्गाको सिमाना नगर र वडाको सिमाना भएको साथै राजकुलो भएको पहिचान नगरी ५१६ ले नै ५०१ को जग्गा मिचेको प्रतिबेदन पेस गरे । २०७८ पुष २८ गते दर्ता भएको जग्गा खिचला सम्वन्धी मुद्दा २०७९ पुष १२ गते फैसला भयो । फैसलामा समेत जग्गाधनी गोविन्दप्रसाद दाहालले कित्ता नम्वर ५०१ मा जग्गा खिचोला गरेको नदेखिएको ठहर गरेको छ । 
    उक्त ठहर पछि गोविन्द प्रसाद दाहालले कित्ता नम्बर ५१६ र कित्ता नम्वर १५७ लाई जग्गा मिचेको भनि मुद्दा दर्ता गरे । जग्गा धनी गोबिन्दप्रसादका छोरा बिदुर दाहालले गाँउ घरमा बिभिन्न समयमा निकालिएको नक्सा ट्रेस र नापी कार्यालय धुलिखेलले आफ्नो रेकर्डमा राखेको नक्सा र ट्रेस नक्साहरु हेर्दा एउटै कित्ताका दुई प्रकारका ट्रेस कित्ता ५०१ परिवर्तन गरि ५०३ भएको र ५०३ कित्ता बनाई अर्कैले बिक्री बितरण गरेको र जग्गा  ५०१ नै देखाईएको फेला प¥यो । पुरानो नक्साका माथिल्लो भागहरुका कित्ता केरमेट गरेको देखियो । ५०१ लाई ५०३ बनाई सँगैको कित्ता ३७८ लाई ५०४ बनाएको फेला प¥यो । २०६४ सालमा कित्ता नम्वर ३७८ कित्ताकाट गरी ५०३ र ५०४ भएको ट्रेस नक्सा पनि मालपोत र नापी कार्यालयमा फेला प¥यो । तर उक्त ट्रेसमा भएको ५०३ पुरानो नक्सामा उस्तै नदेखिए पछि नक्सा र ट्रेस बोकेर नापी कार्यालय पुग्दा २०६५ सालमा बिक्री गरेको ५१६ नक्सामा छ । २०६४ सालमा बिक्री गरिएको भनिएको ५०३ कित्ता नै छैन । कित्ताकाट गर्न बाँकी भएको भए ट्रेस कसरी बन्यो ? नक्सा भन्दा अगाडि ट्रेस कसरी बन्छ ? नापी कार्यलयका कर्मचारीहरु नाजवाफ भएका छन् । जग्गाका माफियाहरुले नापी कार्यालयका कर्मचारीसँगको सेटिङ्गमा कित्ताकाट भैसकेको ब्लु नक्सा नै परिवर्तन गरि कम्पुटर नक्सामा समेत कहिले कित्ता नै गायब बनाई ५ आना ३ पैसा बिक्रि गरेको प्रमाण सहित पेश गरि नापी कार्यालय र कित्ता नम्वर ५०१ लाई ५०३ कित्ता बनाई बिक्रि गर्ने भुमाफियाका बिरुद्द गोविन्दप्रसाद दाहालको वारेसमा बिदुर दाहालले किर्ते जालसाझी मुद्दा दर्ता गरेका छन् । कित्ता नै साटफेर पारेर जग्गा विक्री गर्ने गिरोह काभ्रेपलाञ्चोकमा सक्रिय भएको छ ।