2026 April 27/ 04:30: 57pm

       धुलिखेल/जनजागृति तरकारी तथा फलफुल सहकारी संस्था लि. धुलिखेलको अर्धवार्षिक समीक्षा कार्यक्रम संस्था लि.का अध्यक्ष पृथ्वीमान तामाङको सभापतित्वम गत शुक्रबार सम्पन्न भएको छ । 
       कार्यक्रममा संस्था लि.का प्रबन्धक श्यामकुमार रानाले संस्था लि.ले गत ६ महिना भित्र गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्था लि.का अध्यक्ष तामाङले पछिल्लो समय सहकारी क्षेत्रमा विभिन्न खालका नकरात्मक भ्रमको पछि नलाग्न र जनजागृति सरकारी सदैव आफ्नो सदस्यहरुको हितमा लागि पर्ने बताउनुभयो । पछिल्लो समय विश्वमा नै अर्थतन्त्र धराशयी बन्दै गइरहेको अवस्थामा यसले सम्पूर्ण सहकारी क्षेत्रलाई प्रभाव पारेको र आफ्नो शेयर सदस्यहरुलाई यस सहकारी संस्थाप्रति विश्वस्त रहन र आफ्नो आर्थिक कारोबारलाई निरन्तरता दिन उहाँले सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार, संचालक समिति, उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संस्थामा हालसम्म २ हजार ८ सय ५ जना शेयर सदस्यहरु रहेका छन् ।