विकास तिमल्सिना/पनौती
सार्वजनिक यातायातको यात्रा पीडादायी हुने गरेको गुनासो गरेका छन । पनौती नगरपालिकामा नगर प्रमुख रामशरण भण्डारी र उप–प्रमु्ख गिता बञ्जारालाई ध्यानाकर्षणपत्र वुझाउँदै उक्त गुनासो गरेका हुन् । सहयोगी मनहरुको संयोजक मिरा पौडेलको नेतृत्वमा पुगेका नगरवासीले पनौती नगरपालिका क्षेत्र भएर संचालन भैरहेका यात्रुबाहक सार्वजनिक यातायातका साधनहरुमा यात्रुहरुले भोग्नु परेका समस्याहरु जानकारी गराउँदै समाधानका उपायहरु समेत सुझाएका छन । यात्रुहरुले गाडी छुट्ने समयान्तर बढी भएका कारण यात्रुहरुको चाप बढी हुन र उभिएर कोचिएर झुण्डीएर यात्रा गर्न बाध्य हुनु परेको, जेष्ठ नागरिक, विरामी, बच्चा बोकेका महिला, गर्भवती महिला तथा फरक शारीरिक विशेषता भएका व्यक्तिहरु अत्याधिक रुपमा पीडित हुन परेको, महिला र अशक्तका लागि अनिवार्य रुपमा राख्नु पर्ने आरक्षण सीट कतिपय सवारी साधनमा नराखिएको र राखिएकोमा पनि कायर्यान्वयन नभएको, विद्यार्थी तथा जेष्ठ नागरिकले कानुनतः पाउनु पर्ने भाडा सहूलियत दिन आनाकानी गर्ने र यसमा वादविवाद हुने गरेको, केहि चालक–सहचालक बाहेक धेरै जसो चालक–सह चालकबाट यात्रुहरुलाई सम्मानजनक व्यवहार नगर्ने गरेको गुनासो गरेका छन ।
नगरपालिका जनप्रतिनिधि मूलक संस्था भएकोले नगरवासीहरुको हितका लागि अन्य क्षेत्र संगै सार्वजनिक यातायातको नियमित अनुगमनको व्यवस्था हुनुपर्ने र सम्बन्धित अन्य निकायलाई ध्यानाकर्षण गराउनु पर्ने बताए । ध्यानाकर्षणपत्र वुझ्दै नगर प्रमुख भण्डारीले यात्रुको मागलाई गँिभर रुपमा लिएको भन्दै सम्बन्धित निकायलाई छलफलको लागि बोलाउने प्रतिवद्धता जनाएका छन् । उप–प्रमुख गिता बञ्जाराले सार्वजनिक यातायातमा देखिएको समस्या उजागर गर्दे समाधानको उपाय सुझाएकोमा धन्यवाद दिएकी छन् । पछिल्लो समय अनुगमन प्रभावकारी नभएको स्विकार्दै उनले नगरवासीको साथमा नै समस्या समाधान गर्ने बताइन् ।









