2026 April 27/ 04:30: 56pm

    पनौती/काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौतीले स्थापनाको २५ औं रजत महोत्सवका अवसरमा विद्यालयमा बैज्ञानिक अनुसन्धान र खोज, सिकाईमा सकारात्मक सोच भन्ने मुल नारा सहित रोबोटिक्स तथा बिज्ञान प्रदर्शनी आयोजना गरेको छ । 
    प्रदर्शनीमा विद्यार्थीहरुले ७० वटा स्टल मार्फत विज्ञान तथा रोबोटिक्ससँग सम्बन्धित सामाग्री प्रदर्शन गरि आफुमा भएको सीप र क्षमतालाई प्रस्तुत गरेको विद्यालयका बिज्ञान बिभागका प्रमुख सुदिप न्यौपानेले बताए । प्रदर्शनीमा विद्यार्थीहरुले आफूले पढेका र जानेका कुरालाई ब्यवहारिक रुपमा प्रयोग गरेर देखाएका थिए । प्रदर्शनीमा पनौती नगरपालिका भित्रका २१ वटा विद्यालयका करिब १ हजार विद्यार्थीहरुले अवलोकन गरेका बिद्यालयका प्राचार्य बसन्तराज नेपालले जानकारी दिए । प्रदर्शनीमा विभिन्न संघ संस्था, प्रकाशन गृहका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका अभिभावकहरुले समेत अवलोकन गरेका थिए । सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउने प्राचार्य नेपालले बताए । रजत महोत्सब आज विहिबार माघ २५ गते विद्यालयमा हुने नेपालले बताए ।