बनेपा/काँठु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१ औं स्थापना दिवस मनाएको छ । संस्थाको स्थापना दिवसको अवसर पारी रक्तदान समेत गरेको छ ।
संस्थाको उत्तरदायित्व अन्र्तगत उक्त, रक्तदानको आयोजना गरिएको संस्थाका अध्यक्ष हरिगोपाल मानन्धरले बताए । संस्थाले रक्तदान, स्वास्थ्य शिविर, स्टेनरी वितरण जस्ता सामाजिक कार्यहरु गर्दै आएको जानकारी गराएका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोग रहेको थियो भने २६ जनाले रक्तदान गरेका थिए । संस्थाले स्थापना दिवसका अबसरमो रक्तदान गरेका सदस्यहरुलाई ५ कित्ता शेयर प्रदान गरेको प्रबन्धक सुजन मानन्धरले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुुनाथ हुमागाई, संस्थाका निर्वतमान अध्यक्ष त्रिरत्न राजवाहक, अध्यक्ष हरिगोपाल मानन्धर, सञ्चालक समितका पद्याधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।









