बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्थाले पाठेघरको मुख क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण तथा रोकथाम शिविर आयोजना गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर शिविर आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत सुवाष बैद्यले जानकारी दिए । शिविरमा ४८ जनाले स्वास्थ्य जाँच गराएका छन् । त्यसमध्ये २ जनामा क्यान्सर देखिएको छ ।
१७ जनामा क्यान्सर संक्रमणको लक्ष्ण देखिएको छ । पाठेघरको मुख क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण तथा रोकथाम शिविरका लागि नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशन र नेपाल अर्बुद रोग निवारण संस्थाले सहयोग गरेका थिए । सदस्यहरुको सुख दुःखको सहयात्री भन्ने नाराका साथ सुरु भएको सहकारीले विभिन्न सामाजिक कार्य समेत गर्दै आइरहेको छ । त्यसैगरी साकोसले जनज्योती माध्यमिक विद्यालय जनागालमा प्रि–प्राईमरी देखी कक्षा १० सम्मका २ जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।









