बनेपा/बेलर ईन्टरनेश्नल एकेडेमी बनेपामा सिनियर डिभिजन तालिम एनसिसीको इभेन्ट प्रदर्शन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा भएको कार्यक्रममा कालिजंग गण धुलिखेलका सेनानी सुदिप देउजा, प्रिन्सिपल इन्दु थापा, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, धनेश्वर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापा, एनसिसी शिक्षक अशोक राई, संयोग ढकाल, दशरथ चन्द, इश्वर थापा, विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो । सेनानी सुदिप देउजाले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन र जवाफदेहि बनाउन एनसिसी तालिम महत्वपुर्ण हुने बताए । सैन्य लगायत मानवीय र सामाजिक सेवाका बारेमा समेत विद्यार्थीलाई तालिम दिइएको उनको भनाई छ । एनसीसी तालिम अन्तर्गत विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराइएको छ ।
अवसरका रुपमा समेत तालिमलाई लिइएको बताए । जीवनमा केहि गरौं र केहि गर्न सकिन्छ भन्ने आत्मबल विकासका लागि तालिमले सहयोग पुर्याएको आफुले वुझेको उनको भनाई छ । उनले भने, विद्यार्थीलाई अक्षर चिनायौं अब मानिस चिन्न सिकाउँछौं । अक्षर चिनेर विभिन्न मुलुक घुम्ने तथा आयआर्जनमा लाग्न थाल्दा आफ्ना आफन्त र परम्परा भुल्न थालेको उनको भनाई थियो । भविष्य खोज्ने ध्यानमा आफ्नो घरपरिवार, समाज र देशलाई भुल्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मानिसले मानिसलाई चिन्नुपर्छ, देशलाई भुल्नु हुँदैन भन्ने सिकाईको लागि पनि तालिम महत्वपुर्ण छरहेको अध्यक्ष थापाले बताएका छन । विद्यालयले राम्रो उपहार तथा राष्ट्रलाई सन्देशको रुपमा तालिम लिइएको उनले बताए ।
यस्तै प्रिन्सिपल इन्दु थापाले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउनको लागि तालिम प्रभावकारी भएको बताइन् । उनले आगामी यात्रा सफलताको कामना समेत गरेकी छन् । सिनियर डिभिजनको तालिम गत भदौ १ गतेबाट सुरु गरिएको थियो । २०८० मा जिलल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराइएको थियो । एक सय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन गरिएको थियो भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा बर्दिबासमा हुनेछ ।









