पाँचखाल/लवग्रीन नेपाल, ताजा आईपिएम तरकारी उत्पादन तथा बजार प्रबद्र्धन परियोजनाद्वारा संचालित जोगीथुम्का आईपिएम कृषक पाठशाला (कृषक दिवस) मनाएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ५ जोगिथुम्कामा भदौ ११ देखि माघ १३ गतेसम्म संचालित जोगिथुम्का आईपिएम कृषक पाठशालाको (कृषक दिवस) सोमबार नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
लवग्रीन जापान सहयोगमा पाँचखाल नगरपालिका ५ नम्वर वडा कार्यालयको समन्वयमा संचालित जोगीथुम्का आईपिएम कृषक पाठशाला बाली संरक्षणको लागी र किसानसँग प्रत्यक्ष प्राविधिक सेवा पु¥याउन आई पी एम कार्यक्रम किसानको लागी उपयोगी भएको नगर प्रमुख महेश खरेलले बताए । साथै उनले त्यसैले पनि स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेको बताए । आई.पिएम कृषक पाठशाला आईपिएम बारेमा जानकारी पाएको कृषकहरुले बताएका छन् । कृषकहरुले पाठशालाबाट माँटो जाँच, प्राङ्गारीक मल, विधि, सिजन अनुसार तरकारी खेति, बिउका परिचय, किसिम र स्तर, स्वस्थ्य बिउका गुणहरु र रैथाने बिउ संरक्षण, बिउका उमार, गोठ सुधार, पशु मुत्रको महत्व र प्रयोग नर्सरी व्यवस्थापन लगायतको जानकारी पाएको बताए ।
कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायणप्रसाद ज्ञवाली, नगर प्रमुख खरेल र वडा नम्बर ५ का अध्यक्ष सिताराम ढुंगाना लगायतले मन्तव्य राखेका थिए । सहभागिहरुले आईपिएम खेती किसानीका लागि महत्वपूर्ण पाठशाला रहेको बताए ।









