2026 April 27/ 03:07: 46pm

पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटीको आयोजनामा सडक सुरक्षा सचेतनाका लागि कर्मथलो अभियान सञ्चालन गरिएको छ । 
बढ्दो दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरे, काभ्रे पुण्यवती यातायात प्रा.लीका अध्यक्ष राजेश सुन्दर सैंजु, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका राजेश दाहाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा, वागमती प्रदेश उपाध्यक्ष एवं पनौती नगर कमिटी इन्चार्ज वेदप्रसाद घिमिरे, पनौती ट्राफिक इन्चार्ज विशाल तामाङ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै यातायात मजदुर संगठका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरेले दुर्घटना न्युनिकरण, व्यवसायीको पुँजी र श्रम सुरक्षित हुनुपर्छ भन्ने माग सहित देशभरी कर्मथलो अभियान सञ्चालन गरिरहेको बताए । पछिल्लो तीन महिनामा ९ हजार ८ सय १४ वटा सवारी दुर्घना भएको तथ्यांक प्रस्तुत गरेका थिए । उक्त दुर्घटनामा ४ सय ६३ जनाको ज्यान गएको र ७ हजार ८ सय ३९ जना गम्भिर घाइते भएको उनको भनाई थियो । नेपाल प्रहरीले सार्वजनिक गरेको यो तथ्यांक डरलाग्दो भएको भन्दै उनले यो विषय राज्यको लागि प्रमुख विषय होइन ? भन्दै प्रश्न गरेका छ । सडकमा यात्रा गर्दा यात्रु, चालक, सह–चालक सबैले प्रत्येक सेकेण्ड आफ्नो र आफन्तको जीवन बारे सोच्न जरुरी रहेको उनले बताए । 
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरेले जिल्ला ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको, सवारी चालक, सह–चालकको स्वास्थ्य परिक्षण गर्ने गरेको बताए । चेकजाँच ट्राफिकको लागि होइन हाम्रै लागी हो भन्ने कुरा चालकले वुझ्नु पर्ने उनको भनाई छ । सवारी नियम पालना गर्न समेत उनले आग्रह गरेका छन् । त्यसै गरी नेपाल यातायात मजदुर संगठन पनौतीका अध्यक्ष सुनिल धांजुले यातायात सञ्चालन गर्दा संयय हुन आग्रह गरेका थिए । वर्षौं यातायात सञ्चालन गर्दा पनि बुढेसकालमा खालीहात फर्किनु पर्ने अवस्था रहेको भन्दै उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउन सहजीकरण गरिदिन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै क्षेत्र समेटेर दुर्घटना अनुसन्धान कमिटी बनाउनुपर्ने व्यवस्था भएपनि काभ्रेमा कमिटी बन्न नसकेको उनले बताए । उनले ट्राफिक प्रहरीसँगको समन्वयमा काम गर्ने पनि बताएका छन् । नगर कमिटी अध्यक्ष धांजुको सभापतित्वमा भएको कार्यक्रम सचिव परशुराम सापकोटाले सञ्चालन गरेका थिए ।