2026 April 27/ 03:07: 47pm

पनौती/इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा राष्ट्रिय विकास योजना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा स्रोत व्यक्ति महेशमान सिंहले विकासको अवधारणा, आवश्यकता, चुनौती, आवश्यक स्रोतसाधन लगायतका विषयहरुमा प्रष्ट पारेका थिए । उनले समाजमा रहेको प्राचीनतम् ज्ञानको विकास र त्यसको समयसापेक्ष परिपर्वतन गरि स्थानीय आवश्यकता र जनजीविका अनुसारको विकासले मात्र मानिस खुसी र सुखी हुने कुरा व्यक्त गरे । क्याम्पस प्रमख श्रीकुमार सुवालले कार्यक्रममाथि प्रकाश पार्दै क्याम्पस विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शैक्षिक, आर्थिक, वातावरण, रोजगारी लगायतका विविध क्षेत्रमा क्याम्पसको संग्लनता हुने गरी कार्यक्रम अयोजना गरीएको जानकारी दिए ।  कार्यक्रमले स्थानीय क्षेत्रको विकासको अवधारणा र आवश्यक नीति, योजनाबारे जानकारी हुने कुरा सुवालले बताए ।
संविधान सभाका सभा सदस्य एवं क्याम्पसको क्याम्पस सभा सदस्य रामहरी सुवेदीले कार्यक्रममा सम्बोधन गर्दै विकासले स्थानीय जनताको जीवनस्तर उकासिनु पर्ने र सहशताब्दी विकास लक्ष्य अनुरुपको स्थानीय जनताको जनजीविका परिवर्तन गर्ने कृषि, पर्यटन र घरेलु उद्योगको विकासले मात्र दिगो विकास हुने बताए । पनौती नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले जनमानसमा विकासको चाहना धेरै भएको तर बजेट र स्रोत साधनको कमिले गर्दा चाहेको जति विकास गर्न असम्भव भएको जानकारी दिए । दाहालले विस्तारै जनताको चेतनाको स्तर पनि बढ्दै गएकोमा खुशी व्यक्त गरे । स्थानीय आवश्यकता अनुसरको दिगो, पर्यावरण मैत्री विकासले मात्र समाजालाई सहि परिर्वतन हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले बताए । कार्यक्रममा पनौती नगरपालिका वडा अध्यक्षहरु, सघंसस्थाका प्रतिनिधि तथा क्याम्पसका विद्यार्थी, शिक्षक, प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।