बनेपा/अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ आंै वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी शाक्यले सहकारी भनेको नै छरिएर रहेको स–साना पुँजीलाई संकलन गरी सदस्यहरुलाई आयमूलक क्षेत्रमा लगानी गरी आयस्तर उकास्नु रहेको बताएका छन् । अहिले सहकारीको नाममा विभिन्न ब्यक्तिहरुले आफुखुशी र सहकारीको ऐन विपरीत संचालन गरी सदस्यहरुको रकम अपचलन गरेकाले सहकारीमा समस्या आएको बताए । केहि सहकारीमा मात्रै समस्या आएकाले सहकारी क्षेत्र नै नबिग्रिएको र नमुना योग्य धेरै सहकारीहरु भएको कायस्थले बताए । संस्थाका कार्यबाहक अध्यक्ष शोकसुधार भैलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष इभा श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । संस्थाको आर्थिक वर्ष २०७९÷०८० को कुल शेयर पुजीं १ करोड ४७ लाख ३० हजार, कर्जा लगानी १४ करोड ५४ लाख ४५ हजार, निक्षेप १० करोड २९ लाख २१ हजार रहेको जनाएको छ । संस्थाले सामाजिक कार्य, सदस्यहरुलाई विभिन्न तालिम, कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम, अन्तर सहकारी भ्रमण जस्ता कार्यहरु गर्दे आएको प्रबन्ध सञ्चालक शुभ्रदा श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा सस्थाका उत्कृष्ट सदस्य, उत्कृष्ट ऋणी, जेष्ठ सदस्य लगाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका पुर्व सल्लाहकार एवं समाज सेवी हरिभक्त भोछिभोया, पूर्व कोषाध्यक्ष रामप्यारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष शोकसुधार भैलको सभापतित्वमा र प्रबन्धक सञ्चालक शुभद्रा श्रेष्ठको सञ्चालमा सम्पन्न भएको थियो ।









