बनेपा/पतञ्जली योग समिति काभ्रेले गत माघ १ गते बनेपामा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ ।
पतञ्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले सहभागी योग, शिक्षक, शिक्षिका, साधक, साधिका, अन्य व्यक्तिहरुलाई १०८ सूर्य नमस्कार गरि शुभारम्भ गरिएको थियो । योग दिवस कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकि थिईन् । प्रमुख अतिथी शर्माले दैनिक योग अभ्यासबाट स्वस्थ जीवन स्वस्थ समाजको निर्माण हुने र सकारात्मक चित्रणको विकास हुने बताईन् ।
कार्यक्रममा पत्तञ्जली योग हरिद्वारका कर्पोरेट मेम्बर उद्वब प्रसाद तिमल्सिनाले नेपाल सरकारको निर्णयले योग दिवस देशभर मनाउन पाएको बताए । महिला योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिईन् भने धन्यवाद ज्ञापन पतञ्जली योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको सञ्चालन महामन्त्री मोहन श्रेष्ठले गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।









