बनेपा/श्री कृष्ण युवा परिषद् नेपालको जिल्ला समिति काभ्रेको आयोजनामा गत शनिबार धार्मिक अन्तक्र्रिया तथा आध्यात्मिक प्रशिक्षण शिविर एवं माईन्युट लेखन प्रविधि साक्षरता तालिम सम्पन्न गरेको छ ।
तालिममा प्रमुख प्रशिक्षक शाकाहारी अभियन्ता एवं परिषद्का पूर्व केन्द्रिय अध्यक्ष मातृका प्याकुरेलले सबै धर्म समान भए पनि धर्म मान्ने आ–आफ्नो संस्कृति रहेको बताए । मानिस शुद्ध शाहाकारी हुँदा स्वास्थ्यका लागी एकदमै राम्रो भएकाले शुद्ध शाहाकारी भोजन गर्नु नै उपयुक्त हुने सबैले शाकाहारी भोजना गर्दा निहत्था पशुको ज्यान जोगिने बताए ।
कार्यक्रममा परिषद्का केन्द्रिय सदस्य मोहन मुकुन्द हुमागाई, बागमती प्रदेश अध्यक्ष बलराम बजगाई, काठमाडौं जिल्ला अध्यक्ष राजकुमार गजुरेल, प्रचारक घनश्याम अधिकारी, सेवा समिति काभ्रेका अध्यक्ष रेवती सापकोटा, महिला समिति अध्यक्ष सरिता सापकोटा, बनेपा ईकाई अध्यक्ष हरिप्रसाद पराजुली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न ठाउँहरुबाट सहभागी रहेको थियो । युवा परिषद्ले समय समयमा विभिन्न कार्यक्रमहरु, स्वास्थ्य शिविर, रक्तदान जस्ता सामाजिक कार्यहरु गर्दै आएको परिषद्का अध्यक्ष उद्ववप्रसाद तिमल्सिनाले जानकारी दिए । कार्यक्रम श्री कृष्ण युवा परिषद् नेपाल जिल्ला समिति काभ्रेका अध्यक्ष उद्ववप्रसाद तिमल्सिनाको सभापत्विमा सम्पन्न भएको थियो ।









