बनेपा/पतंजलि योग समिति काभ्रेको आयोजनामा जिल्ला भर रहेका नगर समितिहरुमा रहेका विभिन्न योग केन्द्रका योग शिक्षक र शिक्षिकाहरुका लागि पुनः ताजगी ५ दिने तालिम सम्पन्न भएको छ ।
गत पौष २३ गते देखि पौष २८ सम्म संचालन भएको उक्त तालिममा १२८ जना योग शिक्षक शिक्षिकाहरुले भाग लिएका थिए । कार्यक्रममा पतंजलि योग समिति काभ्रे र नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशको संयुक्त आयोजनामा भएको स्व.मूल्याङ्कन सम्बन्धि आधारभूत तालिमको प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष सुरकृष्ण बैद्यले तालिमको उद्घाटन गरेका थिए । प्रमुख अतिथी बैद्यले आफूले जाने सिकेका ज्ञान गाउँ गाउँमा योग शिक्षा पु¥याउनु सक्नु नै राम्रो उदाहरण बनेको बताए ।
तालिममा पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुबेन तौजलेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पतंजलि योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्यले योग अभ्यास सम्बन्धि चर्चा गरेका थिए । त्यसैगरी तालिममा सहभागीहरुको तर्फबाट नमोबुद्ध नगरपालिका भकुण्डेबेशी योग साधना केन्द्रकी उर्मिला श्रेष्ठ, राधाकृष्ण योग साधना केन्द्रका संयोजक नन्दप्रसाद घिमिरेले तालिमको अनुभवबारे बताएका थिए ।
कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य महिला योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गर्नु गरेकी थिईन् । कार्यक्रम संचालन महामन्त्रीद्वय मोहन कृष्ण श्रेष्ठ र कमला राजभण्डारीले गरेका थिए ।









