2026 April 27/ 12:14: 52pm

शंखु/हिमकाली समाजसेवा बचत तथा ऋण सहकारी सेवा केन्द्र बनेपाको आयोजनामा  सदस्यहरुका लागी सहकारी शिक्षा तथा वित्तिय साक्षरता शिविरको आयोजना गरेको छ । 
    संस्थाको सेवा केन्द्र बनेपाका संयोजक कृष्णप्रसाद शर्माको सभापतित्व तथा काभ्रेपलाञ्चोक जिल्ला बचत संघ लिका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतित्थ्यमा शिविर सम्पन्न भएको छ ।  प्रमुख अतिथी कायस्थले आम नागरिक सचेत नहुँदा समय समयमा आईपर्ने आर्थिक संकट तथा वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने बताए । सदस्यहरुले नै सहकारीका बारेमा राम्रो सगं नबुझी सहकारीको नीति नियम विना सञ्चालन भएका सहकारीहरुमा कारोबार गर्दा अहिलेको समस्या आएको बताए । सदस्यहरु चनाखो भई समय समयमा सहकारीमा गई सहकारीको अबस्थाका बारेमा चासो राख्ने, सञ्चालकहरुका बारेमा थाहा पाई राख्ने गर्नु पर्ने कायस्थले बताए । 
    शिविर कार्यक्रममा सस्थाका सदस्यहरुलाई वितिय सचेतनाको माध्यम मार्फत जीवनस्तर उकास्न मद्दत गर्ने, सदस्य मैत्री क्रियाकलापलाई अगाडी बढाउन सहज हुने अध्यक्ष अर्जुन बजगाईले बताए । संस्थाले सदस्यहरुको आयस्तर उकास्न कृषिमा लगानी, सदस्यहरुलाई सिपमुलक तालिमहरु प्रदान गर्दै आएको बजगाईले बताए । संस्थाले चार वटा सेवा केन्द्रबाट र मुख्य कार्यलय पनौती नगरपालिका वडा नम्बर १० शंखुबाट सेवा प्रदान गर्दै आएको बताए । संस्थामा १ हजार ४ सय सदस्य रहेको र उक्त सदस्यहरुबाट मंसिर मसान्त सम्म १२ करोडको कारोबार भएको छ । शिविरमा संस्थाका व्यवस्थापक मुरारी सुवेदीले संस्थाको प्रगती तथा भावी कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।  कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका लेखा समितिका संयोजक शिवप्रसाद आचार्यले संस्थाको बचत तथा राहत कोषका बारेमा, जिल्ला बचत संघका उप प्रबन्धक रवि केसीले सहकारीले गर्नु पर्ने कार्य र सदस्यहरुको जिम्मेवारी र भुमिकाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।