धुलिखेल/राष्ट्र सेवक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोकको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन कार्य समितिका उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उप–महासचिव तथा महिला विभाग प्रमुख बिजयालक्ष्मी सुवेदी, सचिवालय सदस्य, सहकारी विभाग सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज भवानी हुमागाई, सचिवालय सदस्यहरु, नेपाल निजामती कर्मचारी संगठन काभ्रेका अध्यक्ष गायत्रीरमण घिमिरे लगाएत पुर्व संस्थापकहरुको आतिथ्यता रहेको थियो ।
अध्यक्ष बिजयलक्ष्मी सुवेदीले अध्यक्षको आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदन पेश गरेकी थिईन् । विगतका ऐतिहासिक आन्दोलन तथा प्रजातन्त्रको स्थापना पश्चात पेशाकर्मीहरु संगठितहुने क्रमसँगै निजामती कर्मचारीहरू समेत संगठित भई संगठनको हक अधिकार र जिवनयापन गर्न पुग्ने तलव, बृद्धिको माग सहित निजामती क्षेत्रमा देशव्यापि आन्दोलन संचालन भई कर्मचारीको जायज मागहरुलाइ तत्कालिन सरकारले कर्मचारीहरुलाई बर्खास्त, घटुवा, तलव रोक्का निलम्वन लगायतका सजाय दिने काम भएको उनले बताईन ।
२०६७÷०६÷२२ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई सञ्चालन हुँदै आएको सहकारी संस्थाले १३ वर्ष पूरा गरेको छ । राष्ट्रसेवकः हामी र हाम्रो सहकारी भन्ने नारा तय गरी स्थापित राष्ट्रसेवक सहकारी संस्थाहरु हालसम्म ६९ जिल्लाहरुमा स्थापित भैसकेको छ । साधारण सभामा आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन ,लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन पेस गरिएको थियो । सहकारीले एक करोड एक लाख ५३ हजार ४ सय ४ रूपैयाँ कारोबार गरेको छ । संस्थामा २ सय ७६ जना शेयरधनी रहेका छन । प्रमुख अतिथि रेवन्त गौतमले कर्मचारीहरूको सहकारीले कर्मचारीहरूको आर्थिक अवस्था राम्रो बनाउन एवं कार्यालयमा सामूहिक काम गर्न अझै उत्प्रेरणा थप्ने, जिल्ला जिल्लामा संचालनमा रहेका राष्ट्रससेवक सहकारी संस्थाहरुको एकिकृत प्रणालीवाट संचालन गर्न नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यालयवाट सम्भाव्यता अध्ययन कार्य भई अहिले २१ हजार सेयर सदस्य भएका कर्मचारीहरु २ अर्व २५ करोड ६८ लाखको मालिक भएको जानकारी दिए ।
संस्थाको १३औ साधारण सभावाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा मोहनलाल श्रेष्ठ, उपाध्यक्षमा महेन्द्र राउत, सचिव पुरुषोत्तम हुमगाई, कोषाध्यक्ष देववहादुर बस्नेत सदस्यहरुमा निर्मला कार्की, जानुका अधिकारी, सुरेश लामा, लिलानाथ सापकोटा, जिवन बरुवाल चयन भएका छन । त्यस्तै लेखा समिति संयोजकमा राजेन्द्र बजगाई, सदस्यमा राजकुमार लामा, समला बस्नेत चयन भएका छन् । कार्यक्रममा अध्यक्ष मोहन श्रेष्ठले राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोकलाई स्थापना कालदेखि यहाँसम्म ल्याउनु हुने संगठक तथा पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै यस सस्थालाई कार्ययोजना बनाई संस्थाको हित हुने कार्यगर्ने, निवर्तमान कार्यसमितिले चालु आर्थिक वर्षमा गरिने लक्ष्य र कार्ययोजनाहरुलाई पुरा गर्ने बताए ।









