पनौती/पनौती नगरपालिका वडा नं.५ चौकोटमा पतंजली योग समिति काभ्रेको संयोजन, लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना र चौकोट योग साधना केन्द्रको सहयोगमा ५ दिने ढाड कम्मर दुखेका बिरामीहरुको लागी योग अभ्यास र पञ्चकर्म पद्धतीबाट उपचार स्वास्थ शिविरको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मैया महत र महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य एवं बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले ढाड कम्मरबाट पिडित भएका व्यक्तीहरुले योग अभ्यास र पञ्चकर्मको आयुर्वेदबाट स्वस्थ रहन सक्ने बारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरि शरण श्रेष्ठ, चौकोट योग साधना केन्द्रका संयोजक सूर्यकमल श्रेष्ठ, पनौती नगर समितिका संयोजक पूण्यराम कर्माचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सभापतित्व लक्ष्मी महिला सहकारीका अध्यक्ष मैया महतले गरेकी थिईन् भने पनौती योग केन्द्रका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।









