2026 April 27/ 01:41: 32pm

पनौती/पतंजली योग समिति काभ्रे पनौती नगर समितिको १३ औँ वार्षिक उत्सव पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता तथा पनौती नगर योग साधना केन्द्रका संयोजक पूण्यराम कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले पनौती नगर क्षेत्रलाई स्वस्थ बनाउन पतंंजलीका पदाधिकारीहरुले खेलेको भूमिकाको प्रशंशा गरेका थिए । पनौती नगर योग समितिले वार्षिक रुपमा गरेका कार्यहरु र आगामी दिनमा गरिने कार्यक्रमहरुको योजना प्रस्तुत गर्दै संयोजक कर्माचार्यले योग मार्फत ब्यक्ति, परिवार, समुदाय र नगरलाई नै स्वस्थ बनाउने अभियानमा सक्रिय रहन आब्हान गरेका थिए ।
    पतंजली योग समिति पनौती नगरको नवगठित कार्य समितिको नामावली पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले घोषणा गरेका थिए । नयाँ कार्य समितिमा संयोजक पूण्यराम कर्माचार्य, सह संयोजक सूर्य कमल श्रेष्ठ, सह संयोजक न्हुछेराम मानन्धर, महामन्त्री शर्मिला मानन्धर, संगठनमन्त्री शान्ती ताम्राकार, कोषाध्यक्ष मुक्तिनाथ घुलु र सदस्यहरुमा ललिता के.सी., सरिना के.सी, रिना बराल, पार्वती सापकोटा, रचना सुवाल, गौरीनाथ प्रधान र सुनिता चौ प्रधान रहेका छन् । सल्लाहकारहरुमा उत्तमदास उलक, शुभद्रा दाहाल र गोवर्धन कर्माचार्य रहेका छन् । 
    कार्य समितिका पदाधिकारी नँया सदस्यहरुलाई नगर प्रमुख रामशरण भण्डारी र पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य ग्रोवेन तौजलेले खादा, टिका, माला लगाई सम्मान गरेका थिए । केन्द्रिय सदस्य ग्रोवेन तौजलेले पनौती नगरको सबै वडामा योग अभ्यास गराउन र भवन निर्माणको लागी नगर प्रमुखसँग विषेश अनुरोध गरेका थिए । पनौती न.पा. वडा नं २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले योगका कार्यक्रम विस्तारमा सक्दो सहयोग र समन्वय गर्ने बताए । कार्यक्रममा पञ्चकर्म आयुर्वेद पद्धतीबाट उपचार गराउने थेरापिस्टहरुलाई लक्ष्मी महिला सहकारीका अध्यक्ष मैया महत र पतंजली योग केन्द्र नेपालका केन्द्रिय सदस्य ग्रोवेन तौजलेले नगद र प्रमाण पत्र वितरण गरेका थिए ।