काभ्रेपलाञ्चोक जिल्लाका १ सय ३५ वडाको क्षेत्र बर्गिकरण
भर्खरै सार्वजनिक गरिएको क्षेत्रगत बर्गिकरणको तथ्याङ्कमा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकाका १ सय ३५ वटा वडा मध्ये २३ वटा शहरी, ८७ वटा ग्रामीण र २५ वटा शहरोन्मुख छन् ।
धुलिखेल/राष्ट्रिय जनगणनासँगै मुलुकको संघीय संरचना अनुसार सबै स्थानीय तहको ग्रामीण तथा शहरी क्षेत्र बर्गिकरण गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाका १ सय ३५ वटै वडाको बर्गिकरण गरिएको तथ्यांक सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्र्तगत रहेको राष्ट्रिय तथ्याड्ढ कार्यालय, थापाथली, काठमाडौले सार्वजनिक गरेको तथ्याङ्कमा उक्त विवरण उल्लेख छ । काभ्रेपलाञ्चोक जिल्लामा संघीय संरचना अघि र पछि अर्थात २०६८ सालको र २०७८ सालको विश्लेषणात्मक तथ्याकं सार्वजनिक भएको छ । बागमती प्रदेशमा ६७२ वटा वडा ग्रामीण क्षेत्रमा बर्गिकरण गरिएको छ भने १ सय ५७ वटा वडा शहरोन्मुखमा बर्गिकरण गरिएको छ । त्यस्तै २ सय ९२ वटा वडा शहरी क्षेत्रमा बर्गिकरण गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा ८७ वटा वडा ग्रामीण क्षेत्रमा बर्गिकरण गरिएका छन् भने २५ वटा शहरोन्मुख छन् । त्यस्तै शहरी क्षेत्रमा गणना भएका २३ वटा वडा छन् ।
बर्गिकरण गरिएका मध्ये बनेपाको एउटा वडा ग्रामीण क्षेत्रमा परेको छ । ५ वटा वडा शहरोन्मुख र ८ वटा वडा शहरी क्षेत्रमा परेका छन् । त्यस्तै बेथान्चोक गाउँपालिका, भुम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिकाका सबै वडा ग्रामीण क्षेत्रमा परेका छन् । धुलिखेल नगरपालिकाको एउटा वडा ग्रामीण क्षेत्रमा छ भने ६ वटा वडा शहरोन्मुख र ५ वटा वडा शहरी क्षेत्रमा परेको छ । खानीखोला, महाभारत, रोशी गाउँपालिकाका सबै वडा ग्रामीण क्षेत्रमा बर्गिकरण भएका छन् । मण्डनदेउपुरका ६ वटा वडा ग्रामीण क्षेत्रमा र ६ वटा शहरी क्षेत्रमा छन् । नमोबुद्ध नगरपालिकाका ९ वटा वडा ग्रामीण क्षेत्रमा र २ वटा शहरोन्मुखमा छन् । पनौतीका ३ वटा ग्रामीण, ७ वटा शहरोन्मुख र २ वटा शहरी क्षेत्रमा छन् । पाँचखालमा ६ वटा ग्रामीण, ५ वटा शहरोन्मुख र २ वटा शहरी क्षेत्रमा छन् ।









