2026 April 27/ 12:15: 11pm

    मण्डनदेउपुर/मन्डनदेउपुर नगरपालिका वडा न १० बस्ने सिताराम श्रेष्ठको परिवारलाई नवजात शिशुको उपचारमा आर्थिक अभाव भए पछि आर्शु प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । 
श्रेष्ठको नवजात शिशुको उपचार धुलिखेल अस्पतालमा भैईरहेको छ ।  उपचार गर्दा लाग्ने सम्पुर्ण औषधि उपचार निशुल्क हुने गरि उपचार सुरु गराएको सबैको हात, आर्शु स्मृतिको साथ भन्ने उद्देश्यले सहयोग गरिएको आर्शु प्रतिष्ठानका अध्यक्ष सुस्मिता लामाछानेले बताए । छोरि गुमेको पीडामा हजारौ छोरी बचाउ अभियानमा आर्शु स्मृती प्रतिष्ठान नेपालले यस्तै दुःखमा परेकालाई सहयोग गर्दै आईरहेको प्रतिष्ठानका अध्यक्ष लामिछानेले बताईन् ।