बनेपा/अँग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा काभ्रेको सम्मेलनका साथै कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नेल्टा काभ्रे अध्यक्ष अग्नि प्रसाद ज्ञवालीको अध्यक्षता तथा नेल्टा केन्द्रीय कोषाध्यक्ष अशोक सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेल्टा बागमती प्रदेश अध्यक्ष रामेश्वर ठाकुर र काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. हेमराज काफ्ले विशेष आतिथ्यता र नेल्टा बागमती प्रदेश कोषाध्यक्ष बेगबहादुर थापाको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेल्टा काभ्रेका सह–सचिव ओमप्रकाश वाइबाले स्वागत गरेका थिए । नेल्टाका अध्यक्ष अग्नि प्रसाद ज्ञवालीले आफ्नो कार्यकालमा गरेका कार्यक्रमहरुको बारेमा सभामा पेश गरेका थिए । कार्यक्रममा नेल्टा केन्द्रीय कोषाध्यक्ष अशोक सापकोटाले सम्मेलनमा ग्कष्लन न्चयधतज ःष्लमकभत ष्ल भ्ीत् शीर्षकमा प्रस्तुति गरेका थिए ।
सम्मेलनले गोविन्द शर्माको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्षमा ओम प्रकाश वाइबा, सचिव गंगाराम कडेल ,कोषाध्यक्षमा मेनुका अधिकारी, सह–सचिवमा महेन्द्र थिङ्ग तथा सदस्यहरूमा हेम राज ढकाल, कृष्णहरि हुमागाईं, हिमाल के.सी., सुजना तिमल्सिना र सरोज कुँइकेल चयन भएका छन् ।









