2026 April 27/ 12:15: 11pm

    बनेपा/बनेपा नगरपालिका वडा नंं ९ को आयोजना र समाज डेन्टल बनेपाको सहकार्यमा काभ्रे बहिरा माध्यमिक विद्यालय र आदर्श बाल बिकास केन्द्रमा १ सय १२ जनाको दाँत परिक्षण गरिएको छ ।
    वडा अध्यक्ष नृपेश बादेले वडामा रहेका ६० वर्ष भन्दा माथिका दाँत नभएका जेष्ठ सदस्यहरुको पुष २९ गते निशुल्क कृतिम दाँत राखिने समेत बताए । वडाले भौतिक विकास सगै वडा बासीहरुका लागी स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य शिबिर, रक्तदान, दन्त परिक्षण, आखाँ शिबिर लगाएतका काम गर्दे आएको बताए । वडा अध्यक्ष बादेले वडा बासीहरुलाई वडाले गरेका सामाजिक तथा स्वास्थ्यका जस्ता कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । नगरपालिका पनि ६० बर्षभन्दा माथिका सम्पुर्ण नगरवासीलाई कृतिम दाँत निशुल्क राख्ने भएको छ ।