बनेपा/श्रीमाई चण्डेश्वरी नागरिक आश्रमको चौथो साधारण सभा आश्रमका उपाध्यक्ष पुष्पकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
सभामा आश्रमको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन सचिब उद्धव आचार्यले र आर्थिक प्रतिबेदन आश्रमका कोषाध्यक्ष एवं पतञ्जली योग समितिका केन्द्रिय सदस्य ग्रुबेन तौजललेले सभामा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि प्राविधिक शिक्षालयका पूर्व डाईरेक्टेर डा. जयबहादुर टण्डनले बृद्ध हुनु बाध्यता नभई शास्वत सत्यता हो, त्यसैले जेष्ठ नागरिकहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार जीवनयापन गर्न दिनुपर्ने बताए । कार्यक्रममा सन्ध्याकालिन आरती भजनका अध्यक्ष एवं आश्रमका कार्यसमिति सदस्य समाजसेवी रामगोपाल कायस्थ, नेपाल परिवार नियोजन सघंका अध्यक्ष प्रकाश कायस्थ, लेखा परिक्षक विकास बद्य, आश्रमका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, आरती समुहका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आरती भजन मार्फत जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्न ईजरायल स्थित नेपालि चेली जेनी पाख्रिनले नगद ३० हजार सहयोग गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन आश्रमका सह सचिव मोहन बैधले गरेका थिए भने सभामा आगमी पाmुन २ गते विधिबत आश्रमको शिल्यान्यास गर्ने जानकारी गराईएको थियो ।









