2026 April 27/ 11:58: 57am

बनेपा/लायन्स क्लब अफ काभ्रे बनेपा तथा नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखाद्धारा लायन्स भवन बनेपामा मुटु जाँच शुरु गरेको छ । 
    कार्डियोलोजिष्ट डा.सुर्यराज पाठकद्धारा अत्याधुनिक मेशिनको माध्यमबाट मुटु जाँच शुरु गरिएको लायन्स क्लबअफ काभ्रेका अध्यक्ष सरिता पलाञ्चोकेले बताईन् । उनले बनेपा तथा आसपासमा सरल मुल्यमा नै मुटु जाँच गर्न लागिएकाले उक्त सेवा लिन आग्रह गरेकी थिईन् । हृदय रोग प्रतिष्ठानका अध्यक्ष अशोक श्रेष्ठले विगत लामो समयदेखी उक्त सेवा प्रदान गर्दै आएकोमा केहि समय स्थगीत भएको सेवालाई लायन्स क्लब र हृदयरोग प्रतिष्ठानको सहकार्यमा शुरु गरिएको बताए । मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि भएकाले जसलाई पनि, जतिबेला पनि हुनसक्ने र यसको सबैभन्दा बढीमा जोखिममा मुटु रोगले ग्रस्तहरु हुन सक्ने श्रेष्ठले बताए ।
     मुटुरोग लाग्ने अनेकन कारण छ, त्यसमध्ये अस्वस्थ्यकर जीवनशैली र तनाव पनि मद्यपान, धुमपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गर्दा मुटु रोगको जोखिम कम गर्नका लागि पनि सबैभन्दा पहिले आफ्नो स्वास्थ्य प्रति सर्तकता अपनाउनै पर्ने डा. सुर्य राज पाठकले वताए । डा. पाठकले हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने, (मुटु सम्बन्धि कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रक्रिया सम्बन्धि समस्या हुने, मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पिडा हुने शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको प्रमुख लक्षण भएका वताए । समयमै यसको चेक जाँच गरी नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धि एक्सरसाइज गरेर पनि मुटु सम्बन्धि रोग लाग्नबाट बच्न सकिने पाठकले बताए । लायन्स क्लबले अब नियमित प्रत्येक हप्ता शनिबार मुटु जाँच गरिने बताएको छ ।