धुलिखेल/सन्त नेता भट्टराईको शताब्दी जन्मजयन्ती आईतबार धुलिखेलमा मनाईएको छ । प्रजातान्त्रीक नागरिक समूहद्वारा आयोजित कार्यक्रममा भट्टराईको तस्विरमा माल्र्यापण गरी मनाईएको हो ।
कार्यक्रममा उनको सादगी जीवन र योगदानका बारेमा स्मरण गरिएको थियो । कार्यक्रमको संयोजन बुद्धराम वयजुले गरेका थिए । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित थिए । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो । नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका पहिला प्रधानमन्त्री समेत हुन् ।









