2026 April 27/ 11:58: 57am

    पाँचखाल/पाँचखाल नगर ख्रीष्टियान समुदायको आयोजनामा ख्रीष्टमसको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । 
    पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपप्रमुख दनुवारले सबै धर्म समान रहेकाले सबैले आफ्नो आफ्नो धर्म र सस्कृतिको जगेर्ना गर्नुपर्ने बताईन् । सबै जात जात जाती, र्धम संस्कृतिको रक्षा गर्नु स्थानीय सरकारको समेत दायित्व भएकाले नगरपालिकाले सबैलाई समान रुपले ब्यबहार गर्ने दनुवारले बताईन् । कार्यक्रममा पाँचखाल नगर ख्रीष्टियायान समुदायका अध्यक्ष तथा कार्यक्रमका सभापती पाष्टर शान्तराम सुनुवारले बहुजातिय, बहुभाषिक, बहुधार्मीक, बहुसास्कृतिक एवं भौगोलिक विविधाताले भरिएको विश्वकै एक सुन्दर शान्त नेपालको नेपालि नागरिक भएकोमा गौरब गर्नु पर्ने बताए । सुनुवारले नेपालि नागरिक दाजु भाई तथा दिदि बहिनिहरु विच एक साथ समाजमा सद्भाव, प्रेम एकता मेलमिलाप र शान्तिमा रहनुको कुनै विकल्प नभएको बताए । 
    पाँचखाल नगरपालिका भित्र १७ वटा मण्डली रहेको र उक्त मण्डलीमा सबै थरीका दाजुभाई तथा दिदिबहिनिहरुको उपस्थिती रहेको सुनारले बताए । कार्यक्रममा स्वागत मन्तब्य युवा समिति सचिब किरण श्रेष्ठले राखेका थिए भने शुभकामना मन्तब्य जिल्ला समन्वय समितिका सदस्य अप्सरा सिप्खान, वडाअध्यक्षहरु, प्रा. डा बालकृष्ण शर्मा लगाएतले राखेका थिए । कार्यmक्रममा विभिन्न प्रतिभाहरु प्रस्तुती भएको थियो भने ख्रीष्टिमस सम्बन्धि सन्देशहरु प्रदान गरिएको थियो ।  

म्यासेडोनिया चर्चमा ख्रीष्टमस कार्यक्रम
    धुलिखेल/म्यासेडोनिया बप्तिस मण्डली धुलिखेलले ख्रीष्टमस मनाएको छ । करिब २ हजार वर्ष अगाडि येशू ख्रीष्ट मानवको रुप लिई संसारमा आउनु भएको सम्झना स्वरुप इसाई ख्रीष्टमस मनाउँदै आइरहेको छ । हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन नेपाल लगायत सारा संसारभर येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ । 
    म्यासेडोनिया बप्तिस मण्डलीका पाष्टर देवराज भण्डारीले येशू यस संसारमा आउनुको उद्देश्य र इसाईहरुले किन ख्रीष्टमस मनाउँछन् भन्ने बारेमा बताउनुभएको थियो । कार्यक्रममा सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रमको संचालन तिमोथी भण्डारीले गर्नुभएको थियो ।

हार्भेष्ट चर्चमा ख्रीष्टमसको शुभकामना
पनौती/ख्रिष्टमस २०२३ का अवसरमा पनौतीको हार्भेष्ट बाईबल चर्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 
चर्चका पाष्टर पदम बहादुरको बलको अध्यक्षतामा भएको कार्यक्रममा येशु ख्रिष्ट जन्मउत्सबका अबसरमा  प्रार्थना गरी विभिन्न कार्यक्रमहरु गर्दै मनाएको थियो ।