पनौती/साहित्यकार डा गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह झरनाको पानी पुस्तक लोकार्पण गरिएको छ । वरिष्ठ मुक्तककार मोहन दुवालले गहन भाव र चोटिलो प्रहार गर्न सक्ने खुबीका कारण मुक्तक बिधा लोकप्रिय भएको विचार व्यक्त गरे ।
मुक्तककार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यमा मुक्तक विधाको विशिष्ट स्थान भएको उल्लेख गर्दै मुक्तकले मानिसलाई सहजै प्रभावित गर्न सक्ने क्षमता रहेको बिचार व्यक्त गरे । मुक्तककार गोपाल मण्डनेले मुक्तक मन परेकै कारणले आफूले लामो समयदेखि मुक्तक विधामा कलम चलाइरहेको बताए । मुक्तक संग्रहमाथि मुक्तककार रामसुन्दर देउजा र साहित्यकार तुयुकाजी ताम्राकारले टिप्पणी गरेका थिए । काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन । कार्यक्रममा अक्षरमार्ग सिर्जना समूहका संयोजक कवि ध्रुबकृष्ण ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।









