2026 April 27/ 10:30: 29am

पनौती/पनौती नगरपालिका वडा नम्बर २ कुशादेवीको गुर्दुङ्गडाँडा घर भएका ३९ वर्षिय कृष्ण तामाङ्गको कुवेतमा निधन भएको छ । ३ महिना ८ दिनअघि रोजगारीको शिलशिलामा कुवेत गएका उनको गत पुस १ गते राति सुतिरहेको स्थानमा निधन भएको हो ।
    तामाङको १२ वर्ष र ८ वर्षका छोरा र श्रीमती रहेका छन् । तामाङ परिवारको आर्थिक अवस्था ज्यादै न्यून रहेको र आफ्नो नाउँमा कुनै जग्गा जमिन समेत नरहेकाले श्रीमानको शव नेपाल झिकाईदिन वडा अध्यक्ष पुरुषोत्तम अधिकारी मार्फत आग्रह गरेकी छिन् । तामाङको शव नेपाल झिकाउनका लागी पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषेतम अधिकारीले र सोहि टोलमा घर भएका वडा सदस्य रमेश बजगाईले नेपाल सरकार र सम्बन्धित मेनपावर कम्पनीलाई अनुरोध गरेका छन् । उक्त तामाङको शव नेपाल ल्याउन वडा मार्फत इन्सुरेन्स कम्पनी, वैदेशिक रोजगार उद्धार संघ,  नेपाल सरकार, दुताबास र मेनपावर कम्पनीलाई मृतक तामाङ परिवारले अनुरोध गरेको छ ।