2026 April 27/ 10:30: 28am

बनेपा/बनेपा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिलिप कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
श्रेष्ठले अहिलेको आर्थिक संकटमा समेत संस्था अब्बल भई सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए । बनेपामा रहेका धेरै सहकारीहरुका बारेमा विभिन्न सञ्चार माध्यममा आएका खबरले गर्दा सहकारीप्रति सदस्यहरुको वितृष्णा बढ्नु स्वाभाविक भए पनि सहकारी कस्तो अबस्थामा सञ्चालन भएको छ, कारोबारको अबस्था कस्तो छ, र कहाँका सञ्चालकहरुले सञ्चालन गरेका छन् सदस्यहरु सचेत भई कारोबार गर्नु पर्ने अध्यक्ष दिलिप श्रेष्ठले बताए । बनेपा विकासले सदस्यहरुलाई विभिन्न आय मुलक क्षेत्रमा लगानी गर्दे उनिहरुको आयस्तर उकास्न सहयोग पुगेको र ढुक्क सगं कारोबार गर्न आग्रह गरेका थिए । सभामा संस्थाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रतिबेदन सचिब सुदेन श्रेष्ठले आर्थिक प्रतिबेदन  शंकर प्रसाद कारञ्जीतले र लेखा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक निरन्जन जस्पाउले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल निक्षेप ११ करोड ११ लाख ७२ हजार रहेको जनाएको छ ।