2026 April 27/ 10:30: 13am

पनौती/सुब्बागाउँ स्थित श्री कृष्ण मन्दिर योग साधना केन्द्रमा गत मंसिर २१ देखि पौष २ गते सम्म सञ्चालन भएको उप–योग शिक्षक तालिममा सहभागीहरुलाई पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख एंव केन्द्रिय सदस्य ग्रुवेन तौजलेले प्रमाण पत्र वितरण गरेका छन् ।  
    प्रमुख अतिथि तौजलेले आफ्mुले पाएको शिक्षालाई गाउँ गाउँमा फैलाई स्वस्थ समाज निर्माण गर्न तर्फ लाग्न आग्ह गरेका थिए । कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विनोद के.सी., पतंजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गरेकी थिईन् भने कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गरेका थिए ।  कार्यक्रम सञ्चालन महामन्त्री कमला राजभण्डारीले गरेकी थिईन भने तालिममा २३ जना प्रशिक्षार्थीहरु सहभागी थिए । 
    त्यसैगरी कार्यक्रमले रीता बरालको संयोजकत्वमा श्रीकृष्ण मन्दिर योग साधना केन्द्र पनौती ५ गठन गरिएको छ । समितिको सचिवमा सुनिता प्रधान, कोषाध्यक्ष मिना श्रेष्ठ र सदस्यहरुमा विमला बोगती, कविता देउजा, पार्वती तिमल्सिना र गायत्री थापा रहेका छन् ।