2026 April 27/ 10:30: 30am

पनौती/श्री ईन्द्रेश्वर थल्पु सामुदायिक बन उपभोक्ता समुह घ मल्पीको २७ औ वार्षिक साधारण सभा संविधान सभा सदस्य रामहरी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
सुवेदीले सामुदायीक बनहरु उपभोक्ताले जिम्बा लिए पछि संरक्षण र सुरक्षित भएको बताए । उपभोक्तहरुले बनमा काम नलाग्ने पत्करहरु उपयोगमा ल्याई ठाडा रुखहरुलाई जोगाई बन संरक्षण गर्दै आएको बताए । कार्यक्रममा सिन्धुली जिल्ला बन अधिकृत अभिमन्दु न्यौपाने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा ईन्द्रश्वर बनको जग्गा ६१ हजार ७ सय ७४ हेक्टर रहेको जनाएको थियो । साधारण सभाले केशव राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 
समितिको उपाध्यक्षमा कल्पना थापा, कोषाध्यक्ष विष्णु मिजार, सचिव ईन्दिरा राउत थापा, सदस्यहरुमा रामेश्वर केसी, शम्भु के राउत, केदार बस्नेत, सीता ढुङ्गाना सुवेदी र विनिता बस्नेत रहेका छन् र त्यसैगरी समितिको सल्लाहकारमा रामहरी सुवेदी, विशेश्वर बन्जारा, कुमाले मिजार, सिताराम थापा, अभिमन्यु न्यौपाने खत्री, विनित थापा र सिता कार्की रहेका छन् । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सिताराम थापाले गर्नुभएको थियो ।