2026 April 27/ 10:30: 12am

काभ्रे/राउत क्षेत्री समाजको प्रथम जिल्ला अधिबेशनबाट विदुर राउतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
समितिको बरिष्ठ उपाध्यक्ष शंखर राउत, महिला उपाध्यक्ष सम्झना राउत सचिब खड्ग बहादुर राउत, सह सचिव महेन्द्र राउत, कोषाध्यक्ष शम्भु राउत, सदस्यहरुमा केशव राउत, अम्बिका राउत, नानीराम राउत, महेश राउत, संजिव राउत, सुमन कुमार राउत, शम्भु के राउत र विनोद राउत रहेका छन् । समितिको सल्लाहकारमा शिशुपाल राउत, गौरी राउत, पुष्पराज राउत र ममता ठकुरी राउत रहेका छन् । अधिबेशनको उद्घाटन राउत समाजका केन्द्रिय अध्यक्ष अस्मिन कुमार राउतले गरेका थिए । राउतले देशभरीका आफ्ना राउत दाजुभाईहरुलाई एकताबद्ध हुन र आफ्नो अस्तित्व जोगाउन आग्रह गरेका थिए । अधिबेशनमा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अधयक्ष चन्द्र बहादुर खड्का, राउत समाजका केन्द्रिय उपाध्यक्ष इराज कुमार राउत, केन्द्रिय महासचिब हरीकृष्ण राउत, केन्द्रिय सहकोषाध्यक्ष मेघ बहादुर राउत, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १४ का पूर्व वडा अध्यक्ष गौरी राउतले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन धुलिखेल नगरपालिका वडा नम्बर १० का पूर्व वडा अध्यक्ष पुष्पराज राउतले गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष विदुर राउतको सभापतित्वमा सम्पन्न भएको थियो ।