2026 April 27/ 10:30: 12am

बिष्णु घिमिरे/साउदी
    साउदी रियाद सिजनमा नेपालको सहभागिता सँंगै  रियाद सिजन सकिएको छ । २८ अक्टोबर २०२३ बाट रियाद शहर स्थित अल सुबेदी पार्कमा सुरु भएको सिजनमा नेपाल पहिलोपल्ट सहभागी भएको थियो । 
    नेपाली मौलिकता झल्कने गरि गायन र नृत्यद्वारा नेपालले प्रर्दशन गर्नुको साथै नेपाली गायिका तिर्सना गुरुङ सहित द को ल्याब ब्याण्डको समेत सहभागिता रहेको थियो । कार्यक्रममा  साउदीमा कार्यरत स्थानीय नेपाली कलाकारहरु, नेपाली नृत्य समुह, तामाङ घेदुङ साउदी, किराँत राई यायोक्खा साउदी, सिर्जना संस्कृति समुह, मगर संघ साउदी, तमु साउदी  लगायत विभिन्न जिल्लाबाट नेपालीले ढाका टोपीमा धर्म संस्कृतिको पहिचान र नेपाली परिकारको स्वाद सहित  ब्याण्ड बाजामा झाँकी प्रर्दशन गरेका  थिए । 
    साउदी सरकारद्वारा परिचालित जिईए (क्रसकल्चर)ले गरेको कार्यक्रममा नेपालले तीन दिनको समय पाएको थियो । कार्यक्रम  संचालन रबिन गिरीले गरेका थिए । कार्यक्रममा एक हजार भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको थियो । गायिका तिर्सना गुरुङले गुराँसै फुल्यो, रेलैमा, के ग¥यो तिम्रो मायाले, ‘खनि हो यामु हे कान्छा, साँझको बेला, गाइने दाजैले सारंगी रेट्दैमा लगाएतका चर्चित गीतहरूको प्रस्तुती दिएकी थिइन् । श्रममन्त्री शरदसिंह भण्डारी, राजदूत नवराज सुबेदी,बाणिज्यदुत शत्रुधन सिंह पोखरेल, दुतावास परिवार लगायत साउदीमा रहेका बिभिन्न भातृ संगठन, जातिय संगठन, सामाजिक संस्थाका प्रतिनिधि तथा गैह् नेपालीहरुको उपस्थित रहेको थियो । सिजनमा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, इन्डोनेसिया, सुडान लगायतका मुलुकको  सहभागिता सहित लोक गायन, नृत्य, धर्म संस्कृति सहितको प्रदर्शन गरेका थिए ।