उद्धब प्रसाद अधिकारी/पाचँखाल
पाँचखाल नगरपालिका को आयोजनामा दोस्रो मेयरकप आजाद माविले हात पारेको छ ।
त्यसै गरी दोस्रो गोल्डेन फ्युचर मावि र तेस्रो सर्वमगंलमा मावि भएका छन् , । उत्कृष्ट विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख महेश खरेलले पुरस्कार वितरण गर्नु भएको थियो । खरेलले खेलकुदले स्वस्थ, अनुशासीत हुने बताए । खेल अनिवार्य रहेकाले नगरपालिकाले नगर भित्रका संस्थागत तथा सामुदायीक विद्यालयहरु विच प्रतिस्पर्धा गराउने बताए । कार्यक्रममा उप प्रमुख सुर्यमाया दनुवार, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । खेल हिजो सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व शिक्षा शाखा प्रमुख उदय कोईरालाले गर्नु भएको थियो ।









