2026 April 27/ 08:51: 30am

उद्धब प्रसाद अधिकारी/पाचँखाल 
पाँचखाल जेसिजको आयोजनामा उज्यालो नेपाल र पलाञ्चोक भगवती माविको सहयोगमा नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि पलाञ्चोक भगवती माविले जित हासिल गरेको छ । 
उक्त प्रतियोगितामा आजाद मावि दोस्रो, महांकाल मावी तेस्रो र गणेश मावि चौथो भएका छन् । प्रतियोगितामा नगरका १० वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा पूर्व उपमेयर लक्ष्मी दनुवार, पाँचखाल नगरका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जय तामाङ, नेपाल उद्योग वाणिज्य संघ बाग्मती प्रदेस सदस्य राजन कार्की, पाँचखाल ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष किरण श्रेष्ठ, जेसिजका संस्थापक अध्यक्ष दिलिप आचार्य, नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला, विब्यस समितिका अध्यक्ष उज्वल श्रेष्ठ, समाजसेवी रामचन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताले विद्यालय–विद्यालय बीचको सम्बन्ध तथा शिक्षक र जेसिज विचको सम्बन्धमा थप बलियो बनाउने उद्देश्यले खेलको आयोजना गरेको पाँचखाल जेसिस वर्ष २०२३ का अध्यक्ष राजाराम पौड्यालले जानकारी दिए । प्रतियोगितामा स्वागत मन्तव्य पलाञ्चोक भगवती माविका प्रध्यानाध्यापक वेग बहादुर थापाले राखेका थिए ।