बनेपा/बनेपा नगरपालिकाको नियमन क्षेत्र भित्रका दुई वटा सहकारी संस्थाहरु शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बाल कुमारी कृषि सहकारी संस्था लिमिटेड एक आपसमा एकिकरण भएको छ ।
उक्त संस्थाहरु एकिकरण पश्चात संस्था भित्र आन्तरिक अनुगमन तथा स्वमुल्यांकनका लागि नगरपालिकाले अघि सारेको क्भ्प्थ्थ्इक् अवधारणा बमोजिम काम गर्ने गरी पेश भएको विनियम नगरले स्वीकृत गरेको छ । सहकारी संस्थाहरुको आन्तरिक अनुगमन तथा स्वः मूल्यांंकन गरी त्यसको नतिजा सार्वजनिक गर्ने व्यवस्था विनियममा नै गर्नेे र यसको आवश्यक कानूनी व्यवस्थाको तयारी गर्ने सहकारी शाखा प्रमुख दिनेश कुमार पोखरेलले वताए ।
बनेपा नगरपालिकाले सहकारी संस्थाहरुको पछिल्लो समयमा खस्किदो साखलाई जोगाउन तथा संस्था भित्र सुशासन, पारदर्शिता र सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम अघि बढाउन साथै बचतकर्ताहरुको वचत रकमको सुरक्षाको लागि आवश्यक कानून निर्माणको क्रमलाई अन्तिम रुप दिएको पोखरेलले बताए । नगरले नगर सहकारी नियमावली निर्माण र संस्थाहरुको आन्तरिक अनुगमन तथा स्वमूल्यांकन मापदण्ड पास हुन लागेको बताएको छ ।









