2026 April 27/ 10:14: 49am

रोशी/रोशी गाउँपालिले पालिकाद्वारा सम्पन्न गतिविधीहरुको बारेमा चौमासिक समीक्षा सम्पन्न गरेको छ । 
चौमासिक समिक्षा कार्यक्रममा वडाले सम्पन्न गरेको काम, आगामी दिनमा गर्ने काम, समस्या, चुनौती र सम्भावनाका बारेमा सचिवहरूले समिक्षा प्रस्तुत गरेका थिए । त्यसैगरी पालिकाको प्रत्येक शाखा प्रमुखहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष दिनेश लामाले नागरिकलाई कसरी स्थानीय सरकारको अनुभूती गराउने सकिन्छ भन्ने कुराको मन्थन गर्नको लागि समीक्षा गरेको बताए  । उक्त समीक्षाले रोशीका नागरिकलाई सहज सेवाप्रवाह गर्नको लागि मार्गनिर्देशन हुने लामाले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले सेवाग्राहीलाई सहज सेवा दिने र केही कमजोरी भए सच्याएर अगाडि बढ्नको लागि समीक्षा कार्यक्रमले मार्ग निर्देशन दिने र समयमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समीक्षाले सहयोग गर्ने तामाङले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख पञ्चलाल गोले, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा, वडाध्यक्षहरू गाउँपालिकाका शाखाप्रमुखहरू सञ्चाकर्मीहरू र स्थानीयहरूको उपस्थिती रहेका थियो ।