2026 April 27/ 10:15: 36am

बनेपा/काभ्रे मावि बनेपाको आयोजनामा बनेपा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।
फुटसल प्रतियोगितामा प्रथम बेलर ईन्टरनेशनल एकेडेमी, दोस्रो प्रगति प्रभात एकेडेमी, तेस्रो काभ्रे मावि र चौथो शिक्षासदन मावि भएका छन् । प्रतियोगितामा २२ वटा टिम सहभागी भएका थिए  ।  पुरस्कार वितरण आयोजक बिधालय काभ्रे माविका प्रिन्सिपल कुमार मानन्धर, सहायक प्रिन्सिपल केशव श्रेष्ठ, सहायक प्रिन्सिपल बिकास श्रेष्ठले गर्नु भएको थियो । विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले विद्यालयले समय समयमा विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । नृत्य, गायन, चेस लगायतका विभिन्न कार्यक्रमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने मानन्धरले बताउनु भयो । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता बृद्धि हुने, अन्तर विद्यालयको सम्बन्ध बढ्ने, पढाईको अलवा ब्यबहारिक शिक्षा प्राप्त हुने भएकाले कार्यक्रमको आयोजना गरिएको मानन्धरले बताउनु भयो ।