2026 April 27/ 10:15: 35am

बनेपा/बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्यायाधिस राजेन्द्र नेपाल, नगर प्रमुख शान्ति रत्न शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, ईलाका प्रहरी कार्यालयका प्रमुख डिएस्पी लालध्वज सुबेदी, प्रहरी निरिक्षक उमा केसी, कानुनी ब्यबसायी लालतारा अधिकारी लगायतले समाजमा घटेका घटनालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा मन्तब्य राखेका थिए । लैङ्गिक हिंसामा बढी आफ्नै परिवारमा, आफन्तका कारण बढि परेको अर्तक्रिया कार्यmक्रममा जनाएको थियो । उप–प्रमुख विमला सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख विजया सुवेदीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जन–प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।