2026 April 27/ 10:14: 48am

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा संचालन भएको नगरस्तरीय पाँचौं अन्तर–विद्यालय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी नेपाल प्रहरी विद्यालय साँगाले जित्न सफल भएको छ ।
उत्कृष्ट प्रतियोगीहरुलाई नगरप्रमुख शान्ति रत्न शाक्यले पुरस्कार वितरण गरेका थिए । शाक्यले खेलले विद्यार्थीलाई अनुशासित, स्वस्थ बनाउने भएकाले सबै मानिसको लागी खेल अनिवार्य रहेको बताए । कार्यक्रममा उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, शिक्षा शाखा प्रमुख देवराज निरौला, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । 
प्रतियोगितामा बनेपा निष्ट स्कुल तेस्रो स्थानमा पर्न सफल भएको छ । खेलको भलिबलको  छात्राहरूको तर्फबाट प्रथम, एथलेटिक्समा छात्रहरुको तर्फबाट ४ सय मिटर दौडमा प्रथम, ८ सय मिटर दौडमा प्रथम उच्च जम्पमा प्रथम भएको थियो । त्यसैगरी एथ्लेटिक्स छात्राहरु तर्फ बाट १ सय  मिटर दौडमा  तेस्रो, उच्च जम्पमा तेस्रो, लामो जम्पमा प्रथम, भएको छ । प्रतियोगितामा नगरका ३२ विद्यालयको सहभागिता रहेको थियो भने प्रतियोगितामा छात्र र छात्रा एथलेटिक्स, भलिवल र कबड्डी खेलहरु सञ्चालन भएका थिए ।