बनेपा/बनेपा नगरपालिकाले ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सचेतना मुलक ¥याली तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अपाङ्गताको क्षेत्रमा कार्य गर्ने विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी विमला सापकोटाले नगरपालिकाले नगरलाई सबैका लागि पहुँचयुक्त बनाउने, अपाङ्गता सम्बन्धी तथ्याङ्क र सूचनाहरूमा विकास गर्ने, वाहिर नदेखिने किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई समाज र विकासमा संलग्न गराउने कार्य गर्दै आएको र सबै सघं सस्था समेत लाग्नु पर्ने बताईन ।
कार्यक्रमममा स्वागत मन्तब्य तथा कार्यक्रमको उदेश्यका बारेमा बनेपा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारीले राखेका थिए । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको तर्फबाट प्रधानाध्यापक सुर्दशन सत्याल, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत विजया सुवेदी लगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा सचेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमान उँचो बनाउन सबै क्षेत्रबाट लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।









