बनेपा/बनेपा नगरपालिकाको आयोजनमा “स्वास्थ्य क्षेत्रमा दीगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
दिवसका अवसरमा संचालित हाजिरी जबाफ प्रतियोगितामा सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा समुह २ का नारायण्ी सञ्जेल, मतिना कपाली, निर्मला थापा, ईन्दिरा जंगम, रश्मिला मानन्धर प्रथम, समुह सातका गंगा थापा, पवित्रा तामाङ्ग, श्रीलक्ष्मी श्रेष्ठ, निर्मला श्रेष्ठ र लक्ष्मी श्रेष्ठ दोस्रो, समुह ३ का लक्ष्मी बस्नेत, विमला नेपाल, निशा तामाङ, विन्दा थापा, निर्मला कार्की तेस्रो भएका थिए । प्रतियोगिता ७ समुहमा विभिजन गरिएको थियो । नगरमा ८४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेको स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले जानकारी दिएका थिए । उक्त कार्यक्रमका अध्यक्ष तथा उपप्रमुख विमला सापकोटाले डाक्टर नपुग्ने ठाँउमा स्वयम्सेविकाहरुले सेवा दिएर मातृ तथा शिशु मृत्युदरमा कमी आएको बताईन् । नगरपालिकाकाले उनिहरुलाई दिने सेवा सुविधाका बारेमा विचार गर्ने र उनिहरुको क्षमतालाई अभिबृद्धि गर्न तालिमको आयोजना गर्ने सापकोटाले बताईन् । लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा महिला स्वास्थ्य स्वंयसेविकाहरुले गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा हुन सक्ने हिंसा न्यूनीकरण गर्न, मातृ तथा बाल मृत्युदरलाई शून्य बनाईराख्न उनीहरूको सक्रियता आवश्यक रहेको सापकोटाले वताईन । पुरानालाई पुनर्ताजगी तालिम र नयाँलाई क्षमता बृद्धि गर्न तालिम प्रदान गर्ने सापकोटाले बताईन् । कार्यक्रममा प्रमुख प्शासकिय अधिकृत भोला चापागाईले स्वयमसेविकाहरुलाई नगरपालिकाले दिने सेवा कुनै कमी नगरेको बताए ।
आगामि दिनहरुमा समेत उनिहरुको कार्यलाई प्रभावकारी बनाउन अवलोकन भ्रमणको ब्यबस्था मिलाउने चापागाईले बताए । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष एवं सामाजिक विकास समिती संयोजक चन्द्र बहादुर खड्का, वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुंवर, स्वास्थ्य कार्यलय काभ्रका डा. अनिता खनाल, स्वास्थ्य शाखा अधिकृत शम्भुकुमार महतो, स्वयमसेवीका गिता कुँवर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा हाजिरी जवाफमा उत्कृष्ट हुने टिमलाई र ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मान गरिएको थियो । कार्यक्रम स्वास्थ्य शाखाकी सिता भट्टराईले सञ्चालन गरेकी थिईन् ।









