2026 April 27/ 08:51: 31am

प्रथम विद्यासागर स्कुल 
    पनौती/निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन जिल्ला कार्य समिति काभ्रेको आयोजनमा जिल्ला स्तरीय लोेक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 
    प्रतियोगितामा विद्यासागर मावि बनेपा प्रथम भएको छ । प्रतियोगितामा गोल्डेन सिद्धार्थ एकेडेमी श्रीखण्डपुर दोस्रो र गोल्डेन फ्युचर मावि पाँचखाल तेस्रो भएका छन् । प्रतियोगिता प्याब्सनका केन्द्रीय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नगर स्तरीय पालिकाबाट प्रथम, द्धितिय र तृतिय भएका विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यालय वागमती प्रदेश प्याब्सनले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन पाउने बताएको छ । 
     प्रमुख अतिथि केसीले विजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । केसीले निजि विद्यालयले पढाई सँगै अतिरिक्त क्रियाकलापमा पनि उतिकै प्राथमिकता दिएको बताए । राज्यले अझै निजी र सामुदायिकलाई हेर्ने दृष्टिकोणमा भेदभाव गरेको केसीले वताए । निजी क्षेत्रबाट सञ्चालन भएका विद्यालयहरुको शैक्षिक नतिजा सँगै विभिन्न कृयाकलापमा उत्कृष्ट रहदै आएको बताए । केसीले यस्ता प्रतियोगिताले विद्यार्थीहरु र विद्यालय विचको सम्बन्ध प्रगाढ बन्ने विश्वस ब्यक्त गरे । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पुर्णकुमार श्रेष्ठ, बागमती प्रदेश प्याब्सनका कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, प्याब्सन काभ्रेका सल्लाहकार भरतबहादुर केसी, पनौती प्याब्सनका अध्यक्ष विमल न्यौपाने, बनेपा प्याब्सनका अध्यक्ष कुमार मानन्धर, धुलिखेल प्याब्सनका अध्यक्ष मुक्तिनाथ रिजाल, पाँचखाल प्याब्सनका डिवि एडी, प्याब्सन काभ्रेका पदाधिकारी तथा सञ्चालक सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङ्गले राखेका थिए । प्रतियोगिता प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलको सभापतित्वमा र सचिब छबिरमण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।