2026 April 27/ 08:51: 31am

धुलिखेल/कम्प्युटर साईन्स तथा इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजना हुँदै आएको सूचना प्रविधि सम्बन्धी वार्षिक कार्यक्रम अन्र्तगतको आइटि मिट आईतबार र सोमबार आयोजना गरिएको छ ।
    विश्वविद्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईटि मिटका बारेमा जानकारी दिदै विद्यार्थीहरु अभय बज्राचार्य र सौरभ घिमिरेले प्रविधि सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेका थिए । युवा शशक्तिकरण तथा सूचना प्रविधिको उपयोगका बारेमा सम्मेलनमा बृहत्त छलफल भएको तथा त्यसले सकारात्मक सन्देश दिएको सम्मेलन पश्चात उनिहरुले बताए । प्राविधिक उत्साहीहरू, ब्यवसायीक तथा विद्यार्थीहरूलाई अन्तरदृष्टिपूर्ण छलफल, विशेषज्ञ वार्ता र सहयोगी गतिविधिहरूमा संलग्न हुनको लागि जीवन्त अवसर सिर्जना गर्ने सम्मेलनको लक्ष्य थियो । सम्मेलनमा सहभागीहरूले सूचना प्रविधि सम्बन्धी विविध कार्यक्रम तथा गतिविधिहरूमा भाग लिन पाउनुको साथै सूचना प्रविधिका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने सुवर्ण अवसर प्राप्त गरेका थिए । सम्मेलनको मुख्य आर्कषक पछिल्ला घटनाक्रमहरूको अन्वेषण र विचार आदान प्रदानलाई बढावा दिनु रहेको संयोजक सौरभ घिमिरेले बताए । आइ.टि.मिट र यसका उद्देश्यहरूको परिचय, विशिष्ट वक्ताहरू, सत्र विवरणहरू र अभिनव प्रदर्शनीहरूको अनावरण, कार्यक्रमको प्रभाव र सान्दर्भिकताबारे छलफल गरिएको थियो । सम्मेलनका लागि विभिन्न उप समितिहरु गठन गरिएको थियो । विद्यार्थीहरुले तयार पारेको आईडियो प्रस्तुत गर्ने तथा विभिन्न देशमा भएका आईटिको प्रयोग तथा नयाँ अन्वेषणका बारेमा समेत अन्र्तक्रिया गरेका थिए । सम्मेलनमा ४० वटा स्टल रहेका थिए । चलायमान, सिर्जनशिलता विश्वमा के भईरहेको छ ? आईटिमा आर्कषण थप बढाउन तथा ब्यक्तिहरुलाई सिर्जनशिलता बढाउन सम्मेलन महत्वपूर्ण रहेको कम्प्युटर साईन्स तथा इन्जिनियरिङ विभागमा कार्यरत प्राध्यापकहरुले बताएका छन् ।