वाल्टिङ्ग/रोशी गाउँपालिका वडा नं.१० वाल्टिङ्गमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट स्थानीयहरुले फ्रि वाईफाई संचालनमा ल्याएका छन् ।
मसिंर १३ गते साँझबाट उक्त स्थानमा फ्रिवाईफाई शुरु भएको स्थानीय शिक्षक भोला अस्तानीले जानकारी दिएका छन् । देउसी भैलोबाट सञ्चान गरि उठेको रकमबाट एरो नेटवर्क प्रालीको वाईफाई जडान गरिएको छ । वाल्टिङ्ग पिपल चौतारामा उक्त वाईफाई जोडिएको हो । फ्रि वाईफाई जोडेसँगै स्थानीयहरुलाई फुर्सदको समयको सदुपयोग गर्न सहज भएको बताईएको छ । ‘सबैको लागि निशुल्क गरिएको फ्रि वाईफाई ईन्टरनेट सुविधाले स्थानीयहरू लाभान्वित भएका छ्न’–शिक्षक अस्तानीले भने ।
देउसी भैलोबाट २७ हजार ४ सय २० रुपैया उठेको थियो । शिक्षक राजाराम शाहीले नेतृत्व गरी खेलिएको देउसी भैलोबाट संकलन भएको रकमका लागि स्थानीय ब्यवसायी बलराम सापकोटा लगायतले सहयोग गरेका थिए । उत्त वाईफाईका लागि मासिक २ हजार ८ सय २५ रुपैया खर्च लाग्ने छ भने एकै पटकमा ३०÷४० जनाले सहज रुपमा चलाउन सक्नेछन् । ६ महिनाको २१ हजार ७ सय ३५ रुपैया रकम तिरिसकिएको शिक्षक शाहिले बताए । बाँकी रकमले आगामी दिनका लागि निरन्तरता दिने योजना बनाईएको छ ।









