धुलिखेल/सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धुलिखेलको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अध्यक्ष दिलिप शर्माले प्रस्तुत गरेका नीति, योजना तथा कार्यक्रम, सचिव प्रल्हाद प्याकुरेलले प्रस्तुत गरेको संस्थागत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन काशिराम थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक नविन बडालले प्रस्तुत गरेका प्रतिवेदनहरु सर्वसम्वत पास गरिएको थियो । संस्थाले आर्थिक वर्षको अन्त्यसम्मा १२ करोड ७० लाख २५ हजार ३ सय ४६ रुपैया निक्षेप संकलन गरेको छ । सभाको अधिबेशनले दिलिप शर्मा अध्यक्ष, रोशनी उपाध्याय उपाध्यक्ष, प्रल्हाद प्याकुरेल सचिव, काशिराम थापा कोषाध्यक्षमा निर्विरोध गरेको छ । त्यस्तै सरिता लामा, यादव कोईराला, रेणु थापा, टोमप्रसाद सापकोटा, रामप्रसाद श्रेष्ठ संचालक समिति सदस्य छन् भने लेखा सुपरिवेक्षण समितिमा संयोजक नविन दाहाल, सदस्यहरुमा विपिन विष्ट र मञ्जु तामाङ रहेका छन् ।









