धुलिखेल/धुलिखेल नगरपालिका भित्र रहेका आप्रवासी श्रमिकहरुको सञ्जाल गठन भएको छ । संजाल गठन भए लगत्तै भेलामा सहभागी तथा पदाधिकारीहरुलाई क्षमता विकास सम्वन्धी एक दिने तालिम उपलब्ध गरार्ईको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्र्तगत बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुका लागि सञ्जाल गठन र क्षमता विकास कार्यक्रम आयोजना गरिएको सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताए । कार्यक्रममा धुलिखेल नगरपालिका सामाजिक विकास शाखा संयोजक तथा वडा अध्यक्ष गणेश आचार्य, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, बैदेशिक रोजागरबाट फर्किएका श्रमिकहरुको संस्था बागमती प्रदेश संयोजक चिनिमाया लामा लगायतले मन्तब्य राखेका थिए । बैदेशिक रोजगारमा जानै पर्दा सिप र भाषा सिकेर जान अनुरोध गर्दै स्वदेश फर्किए पछि श्रम र रोजगारमा सहजताका लागि अनुरोध गरेका थिए । भेलाबाट विजय गौतमको अध्यक्षतामा सञ्जाल गठन भएको छ । त्यस्तै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव सविता बर्देवा, कोषाध्यक्ष कविता खत्री, सदस्यहरुमा विमला तामाङ, राजन पराजुली, अरूण नगरकोटी, जयराम मिजार, मनिषा तामाङ, ओमबहादुर तामाङ, महेश्वर सापकोटा रहेका छन् ।









