2026 April 27/ 07:07: 33am

मण्डन/मन्डनदेउपुर नगरपालिकाको वडा नं. ७ कुन्तावेशीमा योग उप–शिक्षक प्रशिक्षण शुभारम्भ भएको छ । 
प्रशिक्षणको मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख विष्णु प्रसाद नेपालले शुभारम्भ गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि नेपालले नगर क्षेत्र भित्र योग अभ्यास संचालन गर्न नगरपालिकाबाट आवश्यक सम्पूर्ण सहयोग पू¥याउने वचनवद्धता गर्नुभयो ।
कार्यक्रममा  पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले जन प्रतिनिधिहरु स्वस्थ भए मात्र जनताहरुलाई स्वस्थ राख्न सकिने भन्दै सम्पूर्ण जन प्रतिनिधीहरुले योग अभ्यासमा सहभागी हुनु पर्ने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य पतंजली योग महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नु भएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका कार्यवाहक अध्यक्ष प्रकाश कायष्थले गर्नु भएको थियो । कार्यक्रम संचालन योग समितिका महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमका  पतंजली योग पिठ हरिद्वारका आजिवन सदस्य बोधनाथ बजगाईको पनी उपस्थिती रहेको थियो ।