भम्लु/प्रहरी चौकी दोलालघाट, प्रहरी चौकी सल्लेभुम्लुको टोलीले भुम्लु ८ भुम्लुटारबाट कौडा खेलिरहेको समुहलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त समुहबाट ७९ हजार ४ सय ७५ रुपैया बरामद गरेको थियो ।
प्रहरीले कौडा खेल्ने खालबाट १२ हजार ३ सय ८५ रुपैया तथा कौडा खेल्ने चार जना मानिसहरुलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनिहरुको साथबाट ६७ हजार ९० रुपैयाँ बरामद गरेको थियो । कौडा खेलिरहेका भुम्लु ७ का ३९ बर्षिय भरत गिरी, भुम्लु ५ का ५९ बर्षिय बिजय लामा, सोहि ठेगानाका ४८ बर्षिय राम बहादुर परियार र ३८ बर्षीय अनन्तराज लामा रहेका छन् । उनीहरुको साथबाट बरामद भएको रकम समेत गरी ७९ हजार ४ सय ७५ रुपैया भएको प्रहरीले बताएको छ । उनिहरु स्थानीय विभिन्न राजनीतिक दलमा कृयाशील ब्यक्तिहरु पनि हुन् ।









