बनेपा/उमङ्ग बचत तथा ऋण सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभाबाट उमेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सहकारीको उपाध्यक्ष मोहनकाजी मानन्धर, सचिब समित्रा श्रेष्ठ(बादे) कोषाध्यक्ष बालाकाजी मानन्धर सदस्यहरुमा गौतम रञ्जीत, जीवन मानन्धर, र रस्मिता मानन्धर रहनु भएको छ । समितिको लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा तारादेवी मानन्धर, सदस्यमा विभुषण प्रधान र सविना मानन्धर रहनु भएको छ ।
संस्थाको वार्षिक साधारण सभामा आर्थिक बर्ष २०७९/८०को वार्षिक प्रतिबेदन सचिब सुमित्रा श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष बालाकाजी मानन्धरले सभामा प्रस्तुत गर्नु भएको थियो । स.स्थाको कुल शेयर पुजीं १ करोड २७ लाख १३ हजार, कुल बचत १६ करोड ३९ लाख २१ हजार, कर्जा लगानी १३ करोड ३८ लाख १५ हजार, खुद नाफा ८ लाख ६० हजार रहेको जनाएको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष उमेश श्रेष्ठले गर्नु भएको थियो ।









